मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाहिरबाट गाँउपालिका फर्कर्नेको संख्या बढ्न थालेपिछ मेल्लेखमा बिद्यालयलाई क्वारेण्टाईन बनाईदैँ

बाहिरबाट गाँउपालिका फर्कर्नेको संख्या बढ्न थालेपिछ मेल्लेखमा बिद्यालयलाई क्वारेण्टाईन बनाईदैँ


लालबहादुर चदारा, अछाम ।

मेल्लेख गाउँपालिकामा कोरोना प्रभावित क्षेत्र भारत र अन्य मुलकबाट जिल्ला फर्किनेको संख्या बढ्न थालेपछि त्यसको ब्याबस्थापनमा धमाधम क्वारेन्टाइनको ब्याबस्था गरिदै छ ।

गाउपालिका वडा न ३ ठाटि मा ३ सय भन्दा बढि मानिस अट्ने तीन ओटा बिद्यालयलाई क्वारेन्टाइनको ब्याबस्था गरिएको छ । ठाटिको बिपत ब्याबस्थपन समितिका अध्यक्ष केशर बहादुर शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा कोरोना प्रभावित क्षेत्रबाट आएकाहरुको व्यावस्थापनका लागि समिति गठन गरिएको छ ।

भरत शाह को सयोजकत्वमा पिपल चौर मा बिलाई क्वारेन्टाइन ब्याबस्थापन गर्न समिति गठन गरिएको हो । यस्तै नृप बुढाका सयोवकत्वमा पिपल सैन मा बि लाई क्वारेन्टाइन ब्याबस्थापन गर्न समिति गठन गरिउको छ भने नरेन्द्र नेपालिको सयोजकत्वमा नवदुर्गा अधारधुत बिद्यालय क्वारेन्टाइन ब्याबसस्थापन गर्न समिति गठन गरेको वडा सचिब गोबिन्द रावलले जानकारी दिए ।

गाउपालिकाको वडा न ८ हात्तिकोटमा रहेको कालिका मा बि लाई पनि थप क्वारेन्टाइनको लागि ब्यावस्था गरिएको छ । शुक्रबार नै भारत बाट पुगेका १ जना दले भुललाई क्वारेन्टाइनमा राखेको वडा अध्यक्ष खकेन्द्र साउदले जानकारी दिए ।

यस्तै वडा न ४ कुस्कोटमा पनि कोराना प्रभावित क्षेत्र बाट आउनेको संङख्या बढन थाले पछि बिद्यालयलाई क्वारेन्टाइन बनाउन स्थानीय जनप्रतिनिधि शिक्षक समाजसेवी राजनीतिक दल ब्याबस्थापनमा जुटेका शिक्षक राम बहादुर साउदले जानकारी दिए । गाँउपालिकाका अन्य वडाले पनि क्वारेन्टाइनको ब्याबस्था गरिरहेका छन ।