मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरले जिल्ला बाहिर रहेकालाई अनलाईन फारमका आधारमा राहत दिने (फारम सहित)

साँफेबगर नगरले जिल्ला बाहिर रहेकालाई अनलाईन फारमका आधारमा राहत दिने (फारम सहित)


पूर्ण बहादुर खड्का, अछाम ।

साँफेबगर नगरपालिकाले आय श्रोत नभएका समुदायका लागि राहत उपलब्ध गराउने भएको छ । कोरोना भाईरस कोभिड १९ ले निम्त्याएको बिषम परिस्थितीले बिच्चलीमा परेका तथा बैकल्पिक आयश्रोत नभएका समुदायका लागि अनलाईन फारम मार्फत राहत उपलब्ध गराउने भएको हो ।

साँफेबगर स्थायी घर भएर हाल जिल्ला बाहिर तथा देशका विभिन्न ठाँउमा रहेका उक्त समुदायहरुका लागि सहज होस भनेर अनलाईन फारम मार्फत राहत उपलब्ध गराईने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए ।

नगरपालिका अन्र्तगत प्रकोप व्यावस्थापन केन्द्रको जेष्ठ ९ गतेको निर्णय अनुसार कामको शिलशिलामा जिल्ला बाहिर तथा देशका बिभिन्न ठाँउमा रहेका उक्त समुदायका लागि अनलाईन फारम भरे पश्चात राहत उपलब्ध गराईने अधिकृत शर्माको भनाई छ ।

अनलाईन फारम भर्ने तरिका साँफेबगर नगरपालिकाको वेबसाईट तथा जारी गरिएको सुचना हेरेर फारम भर्न सकिने नगरप्रमुख कुलबहादुर कुवँरले बताए ।

अनलाईन मार्फत विवरण संकलन गर्दा जिल्ला बाहिर रहेका नागरिकको बिबरण के कति छ त्यो संकलन गर्न पनि मद्दत पुग्ने भन्दै नगर प्रमुख कुवँरले नगर भित्रका सबै वडा संग समन्यव गरेर यो प्रक्रिया अघि बढाईएको हो ।

आय श्रोत नभएका,रोजगारी नभएका, भारतको भरमा र आफ्नै मज्दुरीले गुजारा चलाउने र वास्तबिक समस्या भएकाहरु लागि थोरै भए पनि राहत होस भनेर यो प्रक्रिया गरिएको भन्दै नगर प्रमुख कुवरले राहत के कति गर्ने भनेर प्राप्त विवरणका आधारमा अर्को बैठकले निर्धारण गर्नेछ ।

साथै राहतका लागि अनलाईन फारम जेठ १२ गते बेलुका ५ बजे भित्र भरिसक्न नगर प्रमुख कुवँरले आग्रह गर्नुभएको छ । राहतका लागि अनलाईन मार्फत प्रापत फारमहरु हेरेर राहतका दिईने नगरपालिकाले जनाएको छ ।

अनलाईन फरम भर्दा वा पेश गर्दा कुनै समस्या भएमा ९८०८५००००९ मा सम्पर्क गर्न सकिने नगरका सुचना तथा प्रबिधी अधिकृत कविता कुवँरको भनाई छ । अधिकृत कुवँरका अनुसार यो लिंकमा गएर अनलाईन फारम भर्न सकिनेछ ।

हेर्नहोस अनलाईन राहत फारम भर्ने सम्बन्धी सुभना ।