मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका ४ संक्रमित गौरीफन्टा नाकाबाट उद्दार गरिएका २४९८ जना भित्रैका

सुदूरपश्चिमका ४ संक्रमित गौरीफन्टा नाकाबाट उद्दार गरिएका २४९८ जना भित्रैका


धनगढी : सुदूरपश्चिममा आज थपिएका बैतडीका ४ जना कोरोना संक्रमितको कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गरिएको थियो।

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारमा रहेका बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई जिल्ला प्रशासन कार्यालय कैलालीले दुई अघि मात्र गौरीफन्टा नाकाबाट उद्दार गरेको थियो।

सीमामा आरडीटी पोजेटिभ देखाएका उनीहरुसँगै दुई हजार चार सय ९८ जना अन्यको पनि उद्दार गरिएको थियो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले थपिएका नयाँ संक्रमितको जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुदै फर्किएका रहेको बताए।

८ गतेदेखि आईसोलेसनमा राखिएका उनीहरुको धनगढी स्थित प्रयोगशालामा थ्रोट स्वाबको नमूना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको थियो।