मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनले महिला दिदिबहिनीलाई कार्यबोझ बढ्यो : राधा आचार्य

लकडाउनले महिला दिदिबहिनीलाई कार्यबोझ बढ्यो : राधा आचार्य


कमल रावल, अछाम।

अछाम कोरोनाभाईरसको संक्रमणको कारण भएको बन्दाबन्दीले महिला दिदिबहिनीमा कार्य बोझ बढ्दै गएको पाईएको छ । विदेश तथा शहरबाट आएका परिवारका सदस्यले घरमा जनसंख्या बढ्दै गएकाले घरभित्रको काम देखि बाहीरसम्मको कार्यबोझ उनिहरुमा बढ्दै गएको हो ।

घरमा हुने दैनिक कार्यबोझ सहित आफ्ना बालबालिकालाई समेत नियमित हेरचाह गर्नुपर्ने अबस्था आएकाले मानसिक रुपमा समेत समस्या हुने गरेको पंञ्चदेवल विनायक नगरपालीका वडा नम्बर १ कुईकाको नागरिक सचेतना केन्द्रका अध्यक्ष राधा आचार्य ढकालले बताईन ।

बन्दाबन्दीले गर्दा हरेक दिदिबहीनीका बुवा, श्रीमान, दाजुभाई तथा आफन्तहरु घर देखि टाढा भएकाले उनिहरुमा मानसिक समस्या हुदै गरेको आचार्यको भनाइ छ । आचार्यले महिला दिदिबहिनीलाई पर्ने कार्यबोझ कम गर्नका लागि पुरुष दाजुभाईको सहयोगको आवश्यकता रहेको बताईन भयो ।

यतिबेला गाउघर तिर अरु कुनै काम नभएतापनि खेतीपातीको काम धेरै हुने भएकाले यसका लागि समेत सबैले साथ दिनु पर्ने उनको भनाइ छ । हरेक दाजुभाई भारतमा रोजगारमा गएकाले यतिबेलाको बेरोजगारिले समेत पिरोली रहेकाले आगामि सरकारका बजेट महिला मैत्रि हुनु पर्नेमा आचार्यको जोड छ ।

स्थानिय सरकारले महिलालाई लक्षित गरि कृषि क्षेत्रमा जोड दिदै बजेट विनियोजन गरेपछि आगामि दिनमा गाउ फर्केका हरेक पुरुष दाजुभाई समेत कृषि क्षेत्रतर्फ आकर्षित हुने बताईन ।