मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका पहाडी जिल्लामा कोरोना संक्रमित भेटिएसंगै अछाममा पनि त्रास बढ्यो

सुपका पहाडी जिल्लामा कोरोना संक्रमित भेटिएसंगै अछाममा पनि त्रास बढ्यो


अछाम ।

सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, बैतडी र डडेल्धुरामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका अन्य पहाडी जिल्लामा त्रास बढेको छ । प्रदेशका अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटी जिल्लामा पनि त्रास बढेको हो ।

भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका पहाडी जिल्लाका स्थानीयवासीमा त्रास बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेशमा प्रायः कामका लागि वर्षेनी पहाडी जिल्लाबाट बढी स्थानीय भारत जानेको भएको र अहिले पनि भारतबाट यहाँका पहाडी जिल्लाका मानिस बढी फर्किएका कारण गाउँघरमा भएका स्थानीयवासीमा त्रास बढ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५ जना र शनिबार थप ४ जनामा कोरोनाको सक्रमण देखिएपछि झनै त्रास बढेको हो । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका यहाँका स्थानीयवासी अहिले जिल्ला फर्किएका छन् । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राख्न थालिएको छ ।

कोभिड–१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालिएको बताइएको छ । अहिले सुरक्षित छौ भन्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेले बताए । उनले भने यो बेला सबैले सावधानी अपनाउने र सेल्फ क्वारेन्टाईनमा बस्नुको बिकल्प छैन ।

प्रदेश सरकारसंग पनी पर्याप्त मात्रामा कोरोना परिक्षण आरडिटीका लागी किट नभएकाले र धमाधाम भारतबाट आउनेको सख्या बढेकाले पनी अछाम अब जोखिममा रहेको पौडेलको भनाई छ ।