मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेकिङ्ग – अछामका एक जनामा काेराेना संक्रमणको पुष्टि

ब्रेकिङ्ग – अछामका एक जनामा काेराेना संक्रमणको पुष्टि


अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा ति पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि उनलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ भने यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ ।

यसअघि धनगढी प्रयोगशाला मै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो । यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भईरहेको छ ।

शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन् । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन् ।