मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना पुष्टि

गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना पुष्टि


धनगढी : गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना पुष्टि भएको छ। ८ गते दुई हजार चार सय ९८ जनासंगै गौरीफन्टा नाकाबाट उद्धार गरिएका पाँच जनामा कोरोना पुष्टि भएको हो।

शनिवार चार र आईतवार एक जना गरी पाँच जनामा कोरोना पुुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचाना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। ‘उनीहरुलाई ८ गते रातिदेखि नै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो। शनिवार चार र आईतवार एक जनामा कोरोना पुष्टि भएको छ’ सुचना अधिकारी श्रेष्ठले भने। 

शनिवार बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२  वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरुसंगै आएका अधिकासंको अहिले सम्म परीक्षण हुन नसकेको दिनेश खबरमा समाचार छ।