मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको खप्तड छेडेदहमा एक करोडको राहत कोष स्थापना

बाजुराको खप्तड छेडेदहमा एक करोडको राहत कोष स्थापना


बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकाले बाँडफाँड गर्न बाँकी रकम कोराेना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा रुपान्तरण गरेको छ। सो गाउँपालिकाको कार्यपालिका बैठकले बाँडफाँड गर्न बाँकी एक करोडको सो कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए। 

सो कोषको रकम दैनिक मजुदरी गर्ने, अतिगरिब, न्यून आयस्रोत भएका र समस्यामा परेका परिवारलाई खर्च गरिने जनाइएको छ। साथै भारत र तेस्रो मुलुकबाट आएर गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको व्यवस्थापनमा पनि खर्च गरिने गाउँपालिकाका उपाध्यक्ष कुन्ती साउद (बुढा)ले बताए।

गाउँपालिकाले तथ्याङ्कका आधारमा सातैै वडामा ३० केजी चामल, दाल, चिनी, तेल, नुन तथा साबुन वितरण गरिरहेको जनाएको छ। पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भइसकेको छ र  जिल्ला बाहिरा अलपत्र परेकाको तथ्याङ्क सङ्कलन गरी  राहत वितरण कार्य जारी रहेको जनाइएको छ। सङ्कटको बेलामा राजनीतिक दाउपेचभन्दा सामाजिक कार्यमा लाग्न अध्यक्ष रावतले सबैसंग आह्वान समेत गरे।

“रोगले कसैलाई चिन्दैन, यसको रोकथाम, नियन्त्रण तथा सचेतका लागि यहाँका सबै राजनीतिक दल, समाजसेवी, शिक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ” उनले भने। कोरोना भाइरसको जोखिम हुन नदिन एक ठाउँबाट अर्काे ठाउँ जाने रोक लगाएकोे प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले जानकारी दिए।

यसैगरी सो गाउँपालिकाको कार्यवपालिका बैठकले कोरोना ‘महामारी रोकथाम राहत मापदण्ड तथा विपद् पूर्वतयारी कार्य्विधि २०७६’ समेत पारित गरेको छ। कोरोना भाइरसको जोखिमका कारण नागरिकले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना नहुन दिन कार्य्विधि ल्याएको अध्यक्ष रावतले जानकारी दिए। कार्यविधि  अनुसार गाउँपालिकाका सातवटै वडामा राहत वितरण गरिने उनले बताए। सातवटै वडाका अध्यक्ष संयोजक रहने गरी वडा पालिका राहत वितरण समिति गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष कुन्ती बुढाले जानकारी दिए। 

उनले गाउँपालिकाभित्रका विपन्न, अतिगरिब र न्यून आयस्रोत भएका र ज्यालादारी गर्नेहरुको तथ्याङ्क सङ्कलन गरी उक्त तथ्याङ्कका आधारमा पहिलो चरणको राहत वितरण गरिएको र दोस्रो चरणको राहत वितरण गरिने बताए। गाउँपालिकाले बनाएको राहत मापदण्डका आधारमा १५ हजारभन्दा माथि तलब बुझ्ने परिवारलाई राहत नदिने र सोभन्दा कम तलब हुने परिवारले अन्य परिवारको भन्दा आधा राहत पाउने गरी कार्यविधि बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए। 

गाउँपालिकाबाट उपचारका सिलसिलामा जिल्ला बाहिर अलपत्र परेकालाई राहतको व्यवस्था गाउँपालिकाले गर्ने प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कुम्भनाथ योगीले बताए। भारत र देशभित्रका शहरमा हाल पाँच हजार ५०० नागरिक बाहिर रहेकाले उनीहरु आएमा बस्नका लागि क्वारेन्टिन बनाउने शुक्रबार बसेको कार्यपालिको बैठकले निर्णय गरेको उनकोे भनाइ छ। कोराेनाको जोखिम वढ्न थालेकाले गाउँपालिकाका शिक्षक, वित्तीय संस्थाका कर्मचारी र सङ्घसंस्थाका कर्मचारीलाई कोरना सङ्क्रमणबारेमा जनचेतना फैलाउन र सजग गराउनका लागि स्वयंसेवकका रूपमा परिचालन गर्ने सो गाउँपालिकाले जनाएको छ। –रासस