मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा कुल संख्या २३ पुग्यो

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा कुल संख्या २३ पुग्यो

सुदूर आज

सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका कोरोना फोकलप्रशन डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रादेशिक प्रयोगशालाले सोमबारदेखि सुर्खेतमै गरिएको पीसीआर परीक्षणलाई नै अन्तिम रिपोर्ट मान्ने अनुमति भएको छ । यसअघि सुर्खेतमा कोरोना पोजेटिभ आएपछि पुनः परीक्षणका लागि नमूना लागि नेपालगञ्ज पठाएरमात्रै अन्तिम रिपोर्ट सार्वजनिक गर्ने गरिएको थियो ।

योसँगै सुर्खेतमा १५ र दैलेखमा ८ जना कोरोना संक्रमित पुग्दा कर्णाली प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या २३ पुगेको नेपाल समयमा खबर छ।