मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरेलु तथा साना उधोग बिकास समीतीद्धारा साँफे बजार अनुगमन

घरेलु तथा साना उधोग बिकास समीतीद्धारा साँफे बजार अनुगमन


अछाम । घरेलु तथा साना उधोग बिकास समीतीले साफेबगर नगरपालिकाको बजार अनुगमन गरेको छ । समितिले नगरपालिकाको हाटबजार र एयरपोर्ट बजारमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकाश पसलहरुमा मुल्य सुचि नै नभएको र केहि पसलहरु घरेलुमा दर्ता नै नभएको पाईएको छ । पलकडाउनको मौका छोपेर केहि ब्यापारीहरुले मुल्य भन्दा बढीमा नै खाद्यान्न समाग्री बिक्रि गर्न थालेको भन्ने गुनासोको आधारमा बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग बिकास समीती अछामका प्रमुख जयबहादुर साउदले बताए ।

अनुगमनका क्रममा पसल एउटा नाममा दर्ता भएपनि ब्यवसाय अर्के गर्ने गरेको पाईएको साँउदले बताए । अनुगमन टोली त्यस्ता पसलहरुलाई एक हप्ता भित्र मुल्य सुचि राख्न र पसलमा साईन बोर्ड समेत राख्न समेत म्याद दिएको छ ।

घरेलु तथा साना उधोग बिकास समीती अछामका प्रमुख जयबहादु साउदको संयोजत्वमा भएको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव, जिल्ला समन्वय समितिका शैलेश ढुगाना, उधोग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत, सदस्य भरत खड्का, ईलाका प्रहरी कार्यालय साफेवगरका प्रमुख नरपति भट्ट, कृषि ज्ञान केन्द्रका छपेन्द्र शर्मा, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सुनिल न्यौपाने, घरेलुका नायब सुब्बा प्रकाश उपाध्याय, उधम बिकास सहजकर्ता चेतराज पनेरु, साफेबगर नवगरपालिका शकर थापा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।