मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम नगर्नेलाई मंगलसेन नगरले राहत दिने छैनः नगरप्रमुख बोहरा

काम नगर्नेलाई मंगलसेन नगरले राहत दिने छैनः नगरप्रमुख बोहरा


कमल रावल, अछाम ।

मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले आगामि दिनमा मंगलसेन नगरपालीकाले निशुल्क रुपमा कुनै पनी ब्यक्तिलाई राहत नबाड्ने बताउनु भएको छ ।

नगरले आवश्यकता अनुसार काम दिने र त्यसपछि मात्र राहत उपलब्ध गराउने बताउनु भएको छ । मंगलसेन नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का अति गरिब, विपन्न, तथा असहाय परिवारका सदस्यलाई राहत हस्तान्तरण गर्दै हरेक क्षेत्रमा काम नगरले तोक्ने र त्यसको हुन आउने राहत वितरण गरेर नगर भित्र कसैलाई भोकै मर्न नदिने बताउनु भयो ।

बिना कामले पैसा नमिल्ने भएकाले हरेक गाउमा बाटो बनाउने, खानेपानि बनाउने, कृषि, वन क्षेत्र तिर थुप्रै काम भएकाले त्यस्ता काममा लाग्न सबैलाई आग्रह गर्नु भएको छ । पसिना बगाएर गरेको कामको फल मिठो हुने भएकाले सबैले त्यति अनुसार योजना बनाएर अगाडि बढनु पर्ने बताउनु भयो ।

कोरोनाभाईरसको संक्रमणका कारण पिडाका दिन आउन अब सुरु भएकाले हरेक नागरिकले सोच्नु पर्ने बताउनु भयो । नगरका हजारौँ मानिस यतिबेला गाउमा आईरहेकाले थुप्रै पिडा उनिहरुका भएकाले अझै ब्याबस्थापन गर्न गारो भईरहेको बताउनु भयो ।

हरेक वडामा रहेका विद्यालयलाई क्वारेन्टाईन बनाएर बसाउनु पर्ने बाध्यता यतिबेला आईपरेकाले ब्याबस्थापन कार्यमा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।