मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी प्रयोगशाला मार्फत ११६ जनाको कोरोना परीक्षण

धनगढी प्रयोगशाला मार्फत ११६ जनाको कोरोना परीक्षण


धनगढी : धनगढी प्रयोगशाला मार्फत बुधवार एक सय १६ जनाको कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बुधवार साँझ एक सय १६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

दार्चुलाका ५७, कैलालीका ४९, बाजुरा ५, कञ्चनपुर ३ र डोटीका २ जनाको कोरोना परीक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

थ्रोट स्वाबको नमुना संकलन गरीएका तीन सय ६२ जनाको नमुना परीक्षण गर्न बाँकी छ। यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा ९० जनाको ¥यापिड टेस्ट गरिएको छ। ¥यापिड टेस्ट गर्दा २४ घण्टामा कसैमा पनि एन्टिबडी देखाएको छैन्।  

यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिले सम्म चार हजार नौ सय ४३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

दुई हजार छ सय २३ जनाको धनगढीस्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। 

निर्देशनालयका अनुसार प्रदेशभरी अहिले सम्म २१ हजार एक सय ३५ जनाको ¥यापिड टेस्ट गरिएको छ। अहिलेसम्म ८३ जनामा ¥यापिड टेस्ट पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ।

त्यस्मा ६२ जनाको पीसीआर परीक्षण गरिएकोमा बाँकी २१ जनाको पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ। २१ जनाको भोली परीक्षण गरिने र थ्रोट स्वाबको नमुना संकलन गरिएको निर्देशनालयले जनाएको दिनेशखबरमा समाचार छ।