मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम रुकुमको घटना प्रति अछाममा बिरोध प्रदर्शन

पश्चिम रुकुमको घटना प्रति अछाममा बिरोध प्रदर्शन

सुदूर आज

अछाम – पश्चिम रुकुमको चौरझारीमा भएको घटनाको बिरोध स्वरुप साफेबगरमा शान्ति पुर्वक विरोध र्यालि निकालिएको छ ।

जातिय बिभेद अन्त गरौ समतामुलक समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ बिरोध कार्यक्रम गरिएको थियो ।

नगर दलित संजाल साफेबगरको आयोजना भएको कार्यक्रममा बोल्दै संजालका अध्यक्ष सुरत भुल ले जनआन्दोलनको गण मानिएको रूकुममै यस्तो गम्भीर घटना घट्दा हुँदा समेत कम्युनिष्ट सरकार नै घटना ढाकछोप गर्न लागिरहेको हुँदा घ्यानाषर्कण गराउदै हत्यारालाई हदसम्मकै कारवाही र दलित समुदायलाई न्याय दिलाउन माग गर्नु भएको थियो ।

दलित समुदायको सिप चल्ने तर अन्य कुरा नचल्ने भन्दै उपस्थीत दलित अगुवाले आपत्ति जनाएका थिए । बिगत देखि नै दलित समुदाय माथी बिभीन्न बहानामा आक्रमण हुदै आएको यो कार्य हालसम्म पनि कायमै रहेको हुँदा यसको अन्त्यको लागि अब निर्णायक आन्दोलन गर्नु पर्ने जो कार्यक्रममा बक्ताले जोड दिएका थिए ।