मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कोराेनाबाट संक्रमित हुनेकाे संख्या ४६ पुग्यो

कर्णालीमा कोराेनाबाट संक्रमित हुनेकाे संख्या ४६ पुग्यो


सुर्खेत- कर्णाली प्रदेशको दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक संक्रमित हुनेमा नारायण नगरपालिका ४ का १ वर्षीय बालक र २० वर्षीया आमा छन्।

यस्तै अन्य संक्रमितको सोही नगरपालिका वडा नं १ का २६, वडा नं ३ का १९, ३०, ३८, ४० र वडा नं ५ का १७ पुरुष छन्। बालकसहित संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका डाक्टर निराजन पन्तले जनाए।

संक्रमित सबैजना केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए। बुधबारमात्रै सुर्खेतको चौकुने गाउँपालिकामा पनि २ वर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बुधबार राति प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

याेसमेत गरी कर्णालीमा कोराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे छ।