मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका विकास संघद्वारा जिल्लाका २ अस्पताललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

मालिका विकास संघद्वारा जिल्लाका २ अस्पताललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण


कमल रावल,अछाम ।

जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पतालमा कोरोनाभाईरस काेभिड १९ विरूद्द लडन सहज हाेस भन्ने हेतुले स्वास्थ्य सामाग्रि वितरण गरिएकाे छ ।

मालिका विकास संघ अछामकाे सहकार्य डेनमार्क स्थित गैह्र सरकारी संस्थाकाे अार्थिक सहयाेगमा स्वास्थ्य सामग्रि वितरण गरिएकाे हाे ।

स्वास्थ्य सामाग्रीमा २ पीस पीपीई गाउन, ४ बक्स सर्जिकल ग्लाेभस, गगल २ पीस, सुज कभर ६ बक्स, बुफन्ट क्याप १०, डिस्पाेजल ब्याग १००, गम बुट २ जाेडा, एन ९५ मास्क ५० वटा, थर्मल गन १ पीस, ह्यान्ड सेनिटाईजर ४ लिटर लगायतका सामग्री न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनलाई हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य सामाग्री मालिका बिकास सँघले उपलब्ध गराएकोमा डाक्टर गौचनले सस्थालाई धन्यवाद ब्यक्त गर्नु भयो चाैरपाटी अस्पतालमा पठाउने गरी समेत सामाग्रि अस्पताललाई प्राप्त गरेकाले चौरपाटि पठाईने डाक्टर गौचनले बताउनु भयो ।

जिल्ला अस्पताल अछाममा अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनाललाई २ पीस पीपीई गाउन, २ पाकेट ग्लाेभस, गगल २ पीस, सुज कभर ६ बक्स, बुफन्ट क्याप १०, डिस्पाेजल ब्याग १००, गम बुट २ जाेडा , एन ९५ मास्क ५० वटा, थर्मल गन १ पीस, ह्यान्ड सेनिटाईजर ४ लिटर लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको बताईएको छ ।

हस्तान्तरण कार्यक्रममा मालिका बिकास सँघ काेभिड जिल्ला संयाेजक रतन रावल, उपसंयाेजक गाेपी सिह नेपाली, फिल्ड संयाेजक कुल बहादुर साउदकाे सहभागीता रहेकाे थियाे ।