मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग बाणिज्य संघ अछामको पहलमा चौखुट्टे नाकाबाट ४० बस मार्फत जिल्ला भित्रिएका १२ सय नागरिकलाई खाजा बितरण

उद्योग बाणिज्य संघ अछामको पहलमा चौखुट्टे नाकाबाट ४० बस मार्फत जिल्ला भित्रिएका १२ सय नागरिकलाई खाजा बितरण


फाईल फोटो

पूर्ण बहादुर खड्का, अछाम ।

उद्योग बाणिज्य संघ अछामको पहलमा भारतबाट चौखुट्टे नाका हुदैँ अछाम भित्रिएका नागरिकलाई खाजा बितरण गरिएको छ । शनिबार मात्रै जिल्ला भित्रिएका ४० भन्दा बडी बसमा आएका १२ सय भन्दा बढी नागरिकलाई बाणिज्य संघको पहलमा खाजा बितरण गरिएको हो ।

संघको पहलमा भारतका विभिन्न ठाँउबाट धनगढी तथा महेन्द्र नगर हुदै अछाम भित्रिएकाहरुलाई खाजामा चाउचाउ, बिस्कुट तथा पानी बितरण गरिएको अछाम उद्योग बाणिज्य संघले जनाएको छ ।

चौखुट्टे नाका हुदैँ आज बिहान मात्रै ४० भन्दा बढी गाडी अछाम भित्रिएका अछाम उद्योग बाणिज्य संघ अछामका सदस्य एवंम होटेल व्यावसायि महासंघ अछामका अध्यक्ष महेश कुवँरले बताए ।

जिल्ला भित्रिएका ४० भन्दा गाडीमा अछाम, बाजुरा, कालिकोट, मुगु तथा हुम्ला जिल्ला सम्मका नागरिक रहेका अध्यक्ष कुवँरले बताए ।

साँफेहाटबजारको चेकपोष्टमा सामाजिक दुरी कायम गरेर गरिएको खाजा पानि वितरण कार्यक्रममा उद्योग बाणिज्य संघ अछामका कार्यबहाक अध्यक्ष महेन्द्र कडायत, उद्योग बाणिज्य संघ अछामका सदस्य एवंम होटेल व्यावसायि महासंघ अछामका अध्यक्ष महेश कुवँर, सदस्य भरत खड्का, सदस्य चक्र सुनार लगायतको सहभागीता रहेको थियो ।