मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल अछामले भन्यो आकस्मिक बिरामी मात्र अस्पताल आउनु

जिल्ला अस्पताल अछामले भन्यो आकस्मिक बिरामी मात्र अस्पताल आउनु


अछाम- जिल्ला अस्पताल अछामले अत्यावश्यक बाहेकका बिरामीलाई उपचारका लागि अस्पताल नआउन आग्रह गरेको छ।

सरकारले अस्पताललाई कोभिड १९ को उपचार तथा रोकथामका लागि लेभल-१ अस्पताल तोकिएपछि अस्पतालले सूचना जारी गर्दै अन्य सामान्य बिरामीलाई उपचारका लागि नआउन आग्रह गरेको हो।

लेभल-१ अस्पताल तोकिएपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्नुपर्ने र यसले अन्य सामान्य खालका बिरामीलाई संक्रमणको जोखिम हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले जारी गरेको सूचनामा उल्लेख छ।

जिल्लामा ११ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि उच्च सर्तकता अपनाउनु पर्ने भएकाले यस्तो आग्रह गरिएको अस्पताले जनाएको छ ।

अस्पतालले यसबाट सेवाग्राहीप्रति भएको असुविधाप्रति क्षमायाचना गरेको छ।