मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिम र कर्णाली गरि २९ जना कोरोना संक्रमित थपिए

सुदुरपश्चिम र कर्णाली गरि २९ जना कोरोना संक्रमित थपिए


सुर्खेत- सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुदुरपश्चिम प्रदेशको अछामका ९ जना, कर्णाली प्रदेशको सुर्खेतका ११ र सल्यानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का ८ जना, वडा नं. ३ का तीन जना र सल्यानको दार्मा गाउँपालिका वडा नं १ का एक जना,  वडा नं. २ का दुई जना, वडा नं ३ का दुई जना र वडा नं. ४ का चार जना छन् ।

कर्णालीमा कोरोना संक्रमितको र्सख्या २५० पुगेको छ। यीमध्ये एकजनाको मृत्यु भइसकेको छ । हाल कर्णालीमा अछाम, बजुरा र बझाङका एक/एक जना गरी कुल १५२ जना उपचाररत छन् ।

संक्रमित सबै भारतबाट आएको कर्णाली प्रदेश सामाजिका विकास समन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।