मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगर प्रमुख बाेहराद्वारा विभिन्न क्वारेन्टाइनकाे निरिक्षण

मंगलसेन नगर प्रमुख बाेहराद्वारा विभिन्न क्वारेन्टाइनकाे निरिक्षण


नगरपालिकाका विभिन्न वडामा ४३९ जनालाई क्वारेन्टाइनमा राखियाे

हाेम साउद, अछाम २० जेठ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बाेहराले नगरपालिकाका विभिन्न क्वारेन्टाइनकाे निरक्षण गर्नुभएको छ । नगरप्रमुख बाेहराले भारतबाट अाएर क्वारेन्टाइनमा वसेकाहरुकाे अवस्था र समस्याको बारेमा जानकारी लिनुभएकाे हाे ।

अनुगमनका क्रममा क्वारेन्टाइन बसेकाहरुले अाफ्नाे पिसिअार जाँच गरायरै घर पठाउनुपर्ने माग नगरप्रमुख समक्ष राख्नुभएको थियाे । वडानम्वर १ काे कुन्ति माविमा रहेकाे क्वारेन्टाइनमा वस्ने एकजना गर्भवती महिला, एकजना क्यान्सर पिडित महिला र एकजना दम राेगि पुरुषलाई सारै समस्या रहेकोले उपचार र ब्यावस्थापन गरिदिनुपर्ने माग समेत राखेका थिए ।

जवाफमा नगरप्रमुख बाेहराले क्वारेन्टाइनमा वसेकाहरुकाे अारडिटि र पिसिअार जाँच गरेर रिपोर्ट अाईसकेपछि मात्रै घर पठाईने प्रतिबद्धता जनाउनुभयाे । क्वारेन्टाइनमा कुनै समस्या अाएमा खबर गर्न अाग्रह गर्दै नगरप्रमुख बाेहराले समस्याको समाधान गर्न नगरपालिका तयार रहेकाे बताउनुभयो। अाफै सजग र सतर्क भई काेराेनाबाट जाेगिनुपर्ने सुझाव दिनुभयो । अाफु र अाफ्नाे परिवारलाई सुरक्षित राख्नका लागि सबै ब्यक्ति जिम्मेवार बनिदिनअाग्रह गर्नुभयाे ।

यस्तै वडानम्वर २ स्थित खम्म प्राविमा स्थापना गरिएको क्वारेन्टाइन, वडानम्वर ३ स्थित शिवनिवास प्राविमा रहेकाे क्वारेन्टाइन, ज्ञानदिप प्राविकाे क्वारेन्टाइन र सहरि स्वास्थ्य क्लिनिकमा रहेकाे क्वारेन्टाइनकाे पनि नगरप्रमुख बाेहराले निरिक्षण गर्नुभयो । नगरप्रमुख बाेहराले वडानम्वर १ वडा अध्यक्ष गाेपाल थापा सहित सराेकारवाला तथा वडानम्वर २ मा वडा अध्यक्ष मानबहादुर बाेगटि सहित सराेकारवाहरु र वडानम्वर ३ मा वडा अध्यक्ष पदम सिंह भाट सहित सराेकारवाला संग वडाकाे बस्तुस्थितिबारे जानकारी लिनुभएकाे थियाे ।

वडा अध्यक्ष सहित अन्य जनप्रतिनिधि र क्वारेन्टाइनमा वसेकाहरुसंग क्वारेन्टाइनकाे अवस्था र ब्यावस्थापनका विषयमा जानकारी लिनुभएकाे नगरपालिकाका एमअाईएस अपरेटर हाेम साउदले जानकारी दिनुभयो । क्वारेन्टाइनमा वसेकाहरुले क्वारेन्टाइनमा अाफुहरुल राम्रोसँग बसेकाे र ब्यवस्थापन राम्रो रहेकाे प्रतिक्रिया दिएका थिए । नगरप्रमुख बाेहराले अहिलेकाे जटिल परिस्थितिमा नगरले अवस्था अनुसारको ब्यावस्था गरेकाले मिलेर सुरक्षित बस्न तथा क्वारेन्टाइनकाे नियम पालना गर्न सबैलाई अाग्रह गर्नुभयो ।

यसैविच: मंगलसेन नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हालसम्म ४३९ जना क्वारेन्टाइनमा वसेका छन । जेठ १९ गते बेलुकासम्म ३४८ जना विभिन्न क्वारेन्टाइनमा वसेकाेमा २० गते भारतबाट अाएका थप ९१ जनालाई नगरपालिकाका विभिन्न वडामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।