मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा थप २७ जना संक्रमित, संक्रमितको संख्या ७३ पुग्यो

सुदूरपश्चिममा थप २७ जना संक्रमित, संक्रमितको संख्या ७३ पुग्यो


धनगढी।

सुदूरपश्चिममा आज २७ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा संक्रममितको संख्या ७३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीमा मात्र थप १० जनामा कोरोनाको संक्रमण पाईएको छ । यसअघि हिजो कैलालीमा १४ जनामा कोरोनाको संक्रमण पाईएको थियो ।

त्यसैगरी कञ्चनपुरमा थप ८ जनामा कोरोनाको संक्रमण पाईएको छ । त्यस्तै सुर्खेतमा थ्रोट स्वावको नमूना परीक्षण गरिएका अछामको ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

अछामको मेल्लेखका  ८ र मंगलसेन नगरपालिकाका १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।