राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर समिति अन्तर्गत वडा नम्बर १ को वडा भेला मंगलसेन–१, कुन्तीस्थित सुवाखादमा सम्पन्न भएको छ। भेलाले एकेन्द्रबहादुर थापाको सभापतित्वमा १८ सदस्यीय वडा समिति गठन गरेको छ।
वडा सभापति मोहन गिरीको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि रास्वपा मंगलसेन नगर सभापति राजेशबाबु बोगटी रहेका थिए। जिल्ला सल्लाहकार सदस्य निराजन ढुङ्गाना विशिष्ट अतिथिका रूपमा तथा नगर सचिव मिलन नाथ अतिथिका रूपमा सहभागी भएका थिए।
भेलामा समाजसेवी बाले थापा, नरी थापा, भोज नाथ, जगत थापा, झंकर साउदलगायत पार्टीका शुभेच्छुक, शुभचिन्तक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
भेलाबाट वडा सभापतिमा एकेन्द्रबहादुर थापा, उपसभापतिमा कम्मान राना, सचिवमा अनिक थापा र सहसचिवमा मोहन गिरी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा बाले थापा, नरी थापा, गोरे थापा, प्रेमबहादुर थापा, जगत थापा, दाने नाथ, भोज नाथ, झंकर नाथ, खकेन्द्रबहादुर थापा, नौराज थापा, तुलाराम जयगडी, गोपाल नाथ, करन नाथ, मोतीकला थापा साउद र भरत नाथ रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगर सभापति राजेशबाबु बोगटीले मुलुकमा राजनीतिक परिवर्तनको आवश्यकता रहेको बताए। उनले एउटै खेतमा लगातार एउटै जातको धान रोपिरहँदा जमिन कमजोर हुँदै जाने उदाहरण प्रस्तुत गर्दै समय र आवश्यकता अनुसार राजनीतिक सोच तथा मतदानको निर्णयमा समेत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे।
विशिष्ट अतिथि तथा जिल्ला सल्लाहकार सदस्य निराजन ढुङ्गानाले भेलामा स्थानीयवासीले उठाएका समस्या तथा सवाललाई आफ्नो क्षमताले भ्याएसम्म सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, नगर सचिव मिलन नाथले कुन्तीको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयका साना–ठूला समस्या समाधानका लागि सम्बन्धित निकायसम्म आवाज पुर्याउन निरन्तर पहल गर्ने बताए। उनले वडा नम्बर १ का नेता तथा कार्यकर्तालाई सत्य र इमानदारीको बाटोमा हिँड्दै जनताको पक्षमा काम गर्न आग्रह गरे।
नवनिर्वाचित वडा सभापति एकेन्द्रबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर समिति सल्लाहकार सदस्य लक्षिराम गिरीले गरेका थिए।
भेलाले वडा नम्बर १ मा पार्टी संगठनलाई थप मजबुत बनाउँदै स्थानीय जनताका समस्या तथा विकासका सवालमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।














प्रतिक्रिया