मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाश बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम सम्पन्न

कैलाश बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम सम्पन्न


कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

शनिबार पर्यटकीय क्षेत्र देउपन्नामा सहकारीका शेयर सदस्यहरूको भेलाबीच कार्यक्रम आयोजना गरिएको हो ।संस्थाका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी के हो, यसको महत्त्व, बचतले भविष्यमा प्रदान गर्ने सुरक्षा तथा ऋणको सदुपयोगका विषयमा जानकारी गराइएको थियो।

सहभागी शेयर सदस्यहरूलाई सहकारीको उद्देश्य, सदस्यको भूमिका तथा बचत र ऋणलाई प्रभावकारी रूपमा उपयोग गर्ने उपायबारे समेत जानकारी दिइएको थियो।

कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष वेदराज उपाध्याय, लेखा समिति संयोजक डा. धु्रव शाही, गणेशप्रसाद ढुंगाना, सदस्य पर्मिला ढुंगानालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक भरत रावलले गर्नुभएको थियो। सोही अवसरमा हरितालिका तीजको अवसर पारेर शेयर सदस्यहरूबीच शुभकामना आदानप्रदानसमेत गरिएको सहकारीका कार्यालय सहायक थम्मराज ढुंगानाले जानकारी दिनुभयो।