मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० दिनभित्रै तीन प्रयोगशाला स्थापना हुन्छ : मन्त्री सुबेदी

१० दिनभित्रै तीन प्रयोगशाला स्थापना हुन्छ : मन्त्री सुबेदी


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई गरिरहेका बेला सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले १० दिन भित्रै स्थापना हुने दाबी गरेका छन् ।

निर्णय भएको तीन महिना पुगिसकेपनि अहिलेसम्म प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण खरिद समेत हुन सकेको छैन्।

प्रदेशको डोटी र बैतडी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो। 

पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको मन्त्री सुबेदीले जानकारी दिए।