मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा झण्डै साढे १६ हजार जना क्वारेन्टिनमा

सुदूरपश्चिममा झण्डै साढे १६ हजार जना क्वारेन्टिनमा


धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै साढे १६ हजार जना अझै क्वारेन्टिनमै रहेका छन्। प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका क्वारेन्टिनमा १६ हजार चार सय दुई जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। उनीहरुमध्ये १२ हजार नौ सय १९ जना पुरुष र तीन हजार चार सय ८३ जना महिला रहेका छन्।

सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ सय ३० जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्। यस्तै अछाममा दुई हजार चार सय ५८, कञ्चनपुरमा एक हजार नौँ सय ७९, बैतडीमा एक हजार चार सय ३४, बझाङमा एक हजार नौँ सय ४४, बाजुरामा एक हजार चार सय ९१, डडेल्धुरामा आठ सय ६२, दार्चुलामा पाँच सय ५०, डोटीमा एक हजार सात सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन भएका चार हजार जनाको रिर्पोट आउन बाँकी रहेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार चार हजार एक सय ७४ जनाको रिर्पोट नआएको हो।

उनीहरु मध्ये सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन हजार ७४ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका एक हजार एक सय जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा अहिले सम्म पीसीआर विधीबाट १६ हजार नौ सय ३५ जनाको परीक्षण भएको छ। उनीहरु मध्ये शनिबार सम्म दुई हजार एक सय १४ जनामा कोरोना पुष्टि भईसकेको छ। शनिबार मात्र दुई सय २८ जनामा कोरोना पुष्टि भएको थियो।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा तीन सय ४१, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। – दिनेश खबर