मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका क्वा’रेन्टिनमा ७७३५ जना, रिपोर्टको पर्खाइमा २४९५ जना

सुदूरपश्चिमका क्वा’रेन्टिनमा ७७३५ जना, रिपोर्टको पर्खाइमा २४९५ जना


धनगढी : सुदूरपश्चिममा क्वारेन्टिनमा बस्नेहरुको संख्या घटदै गएको छ। लकडाउनको अवधीमा भारत लगायतका क्षेत्रबाट फर्किने संख्या घटेसँगै क्वारेन्टिनमा बस्नेहरुको संख्या समेत घट्दै गएको हो।

प्रदेशका ९ वटै जिल्लामा अहिले सात हजार सात सय ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ। आईतबार मात्र क्वारेन्टिन अवधी पूरा गरेका एक हजार एक सय १९ जना घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

स्वास्थ्य निर्देशनालयले सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय ५० जना क्वारेन्टिनमा छन्। कञ्चनपुरमा एक हजार चार सय ५६ जना, बझाङमा एक हजार आठ जना, बाजुरामा ६ सय ६४, बैतडीमा आठ सय ९८, डोटीमा चार सय ७६ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै डडेल्धुरामा तीन हजार १९ जना, अछाममा चार सय ८ र दार्चुलामा दुई सय ६० जनालाई क्वारेन्टिनमा राखिएको छ। यस्तै प्रदेशमा नमूना संकलन गरिएका दुई हजार चार सय ९५ जनाको रिर्पोट आउन बाँकी रहेको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ६७ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा एक हजार नौ सय ८७ जनाको नमूना परीक्षणका लागि पठाईएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।