मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरमा कोरोना नियन्त्रणका लागी करिब ९३ लाख खर्च

पञ्चदेवल नगरमा कोरोना नियन्त्रणका लागी करिब ९३ लाख खर्च


दिनेश केशी,अछाम / पञ्चदेवल विनायक नगरपालिकाले कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रमा आम्दान्नी तथा खर्चको विबरण सार्वजानिक गरेको छ । विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमण न्युनिकरणमा बिभिन्न स्रोतबाट आम्दान्नी तथा नगरपालिकाद्धारा खर्चको बिवरण आइतबार नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजानिक गरेकोे हो ।

संक्रमण न्युनिकरणका लागी नगरपालिकामा १ करोड ३१ लख ८२ हजार ५ सय आम्दान्नी भएको छ भने विभिन्न शिर्षकमा ९२ लाख ८६ हजार ७ सय ४१ रुपयाँ खर्च भएको बिवरणमा उल्लेख गरिएको छ ।

९ वटै वडाको क्वारेण्टिन ब्यावस्थापनमा पेश्की १८ लाख, प्रत्यक वडामा राहत वितरण ढुवानी सहित २० लाख ३२ हजार ५ सय ४४, सबै वडामा मास्क र साबुन बितरण ३ लाख ७६ हजार, १ सय २०,क्वारेण्टिन र हेल्थ डेस्कका लागी गाडी भाडा तथा इन्धन ६० हजार ६ सय १५,बिद्युतिकरण तथा इलेक्ट्किल्स सामाग्री ६२ हजार ६०,क्वारेण्टिन भाँडा बर्तन ६० हजार ८ सय ७५ छ ।

यस्तै क्वारेण्टिन खाद्यान्न तथा तरकारी ५ लाख १४ हजार ६ सय ८, सन्चार खर्च ७५ हजार ५ सय, रेडियो शिक्षा कार्यक्रम १ लाख २० हजार,क्वारेण्टिन हेल्थ डेस्कमा कर्मचारी,सुरक्षकर्मी स्वास्थ्यकर्मी जोखिम भत्ता १३ लाख ३० हजार ८ सय ३४,औषधी तथा स्वास्थ्य सामाग्री खरिदमा २३ लाख १७ हजार ५ सय १७, आइसुलेसन वेड खरिद तथा ब्यावस्थापन ५ लाख २० हजार,क्वारेण्टिन तथा हेल्थ डेस्क स्थापना ब्यावस्थापन खर्च १८ हजार ६८ गरि ९२ लाख ८६ हजार ७ सय ४१ खर्च भएको नगरपालिकाले जनाएको छ ।

खर्च बिवरण सार्वजानिक भए संगै कोरोना नियन्त्रमा पञ्चदेवल विनायक नगरपालिकाले पारदर्सी रुपमा काम नगरेको भन्दै सामाजिक सन्जाल लगायत बिभिन्न माद्यामबाट केहि समाजसेवी तथा स्थानिय बासीहरुले आलोचना गर्न थालेका छन ।