मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा सेनाको सर्पदंश उपचार केन्द्रमा प्रभावकारी उपचार

कैलालीमा सेनाको सर्पदंश उपचार केन्द्रमा प्रभावकारी उपचार


धनगढी : कैलालीमा नेपाली सेनाको सर्पदंश उपचार केन्दमा प्रभावकारी उपचार हुन थालेपछि उपचार गराउन आउनेको संख्या बढ्न थालेको छ।

नेपाली सेनाको सर्पदंश उपचार केन्द्र बडैपुरबाट पछिल्लो तीन महिनामा मात्रै ७९ जनाले उपचार पाएको सर्पदंश उपचार केन्द्र संचालन गरिरहेको कालीरक्षा गण (ई) का गणपति तथा प्रमुख सेनानी प्रदिप थापाले जानकारी दिए। 

उनका अनुसार २०७१ सालबाट सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रमा गत बर्ष एक सय १९ महिला र ७० पुरुष गरि एक सय ८९ जनाले सेवा लिएका छन्। वर्षातको समयमा सर्पदंशका बिरामीहरुको संख्या धेरै हुने भएकाले २४ घण्टा नै केन्द्र सञ्चालनमा रहेको उनले दिनेश खवरलाई बताए।

‘सर्पदंशका बिरामीको संख्या यो बर्ष झनै बढेको छ,’ प्रमुख सेनानी थापाले भने, ‘यो बर्ष उपचार केन्द्रमा पुगेका कसैले पनि ज्यान गुमाउन परेको छैन्। भेन्टिलेटर नै आवश्यक परेका बिरामीलाई भने हामीले सेवा दिन सकेका छैनौ। त्यस्ता बिरामी आए सेती प्रादेशिक अस्पतालमा पठाउने गरेका छौ।’

उक्त सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको सर्पदंश उपचार सम्बन्धी तालिम प्राप्त दक्ष जनशक्तिहरुले सर्पदंश सम्बन्धी सेवा प्रदान गरिरहेका हुन्। हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड(१९ को महामारीको अवस्थामा समेत विशेष सुरक्षात्मक उपायहरु अपनाएर सर्पदंश उपचार केन्द्रबाट सेवा दिईरहेको कालीरक्षा गणले जनाएको छ।