मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न माग

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न माग


अछाम । युवा सरोकार अभियान तुर्माखाँदले समाजमा भइरहेको विकृति तथा विसंगति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।

सोमबार एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विृकति, विसंगति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

सरोकार अभियानले कोरोना भाइरसको महामारीका कारण विदेशबाट गाउँ फर्किएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाएर रोजगारी दिन पनि गाउँपालिकासँग माग गरेको छ । ज्ञापनपत्रमा गाउँघरमा हुने विकास निर्माणका कामहरुमा डोजरको प्रयोग नगरेर बेरोजगार बनेका युवाहरुलाई परिचालन गर्न आग्रह गरिएको छ ।

युवाहरुको मानसिक तथा शारीरिक विकासका लागि विभिन्न कार्यक्रममा बजेट विनियोजन गर्न माग गरेको अभियानले दलित, महिला तथा सीमान्तकृत वर्ग लक्षित कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ ।

यस्तै सरोकार अभियानले कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकामा भएको खर्चको विवरण सार्वजनिक गर्न पनि माग गरेको छ । आफूहरुले राखेका मागहरु पूरा नभए आगामी दिन विभिन्न चरणमा आन्दोलन गर्न बाध्य हुने अभियानका संयोजक लोकेश कुमार बयकले बताए।