मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगन्नाथ गाउँपालिकामा साँउन दोस्रो साताबाट पढाई सुरु हुदै

जगन्नाथ गाउँपालिकामा साँउन दोस्रो साताबाट पढाई सुरु हुदै


बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाले साउनको दोस्रो साताबाट पढाई सुरु गर्ने भएको छ । जिल्लाको सबै भन्दा कम कोरोना संक्रमीत भएको गाउँपालिकाले साउनको पहिलो साताबाट पढाइ सुरु गर्ने भएको हो ।

जगन्नाथ गाउँपालिकाले कोरोना महामारीलाइ मध्यनजर गरी बिद्यालय संचालन गर्ने भएको जगन्नाथ गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।

हाल सम्म जगन्नाथ गाउँपालिकामा २ जना मात्र कोरोना संक्रमीत भएका र दुबै जना निको भइ सकेका र अन्य कोही पनी क्वारेन्टाइन र आइसोलेशनमा समेत कोही नभएका कारण जोखीमलाई हेरेर बिद्यालय संचालन गर्ने जोशीको भनाई छ।

कोरोना जोखीम कम हुने भएकोले गाउँपालिकामा सबै बिद्यालय संचालन गर्ने कार्यपालिकाले निणर्य गरेको जोशीले बताए । गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले साउनको दोस्रो सातादेखी बिद्यालय संचालनको तयारी गर्न सबै बिद्यालयहरुलाई पत्रचार समेत गरीसकेको अध्यक्ष शाहीले जानकारी दिए ।

पहिलो हप्ताबाट भर्ना गरी दोस्रो साताबाट पढाई गर्न समेत बिद्यालयहरुलाई पत्रचार भइसकेको अध्यक्ष शाहीको भनाई छ।