मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृ’त्यु, तीन जना घाईते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृ’त्यु, तीन जना घाईते


धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घा’ईते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ५ स्थित पूर्वपश्चिम राजमार्गमा से ५ प २१४४ नम्वरको मोटरसाईकल र म १ प ७५५७ नम्वरको मोटरसाईकल ठोक्किदा एक जनाको मृ’त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार म १ प ७५५७ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्वर ४ का ६० बर्षीय पदमराज भट्टको मृ’त्यु भएको छ।

सोही मोटरसाईकलका चालक राजेन्द्र भट्ट पनि ग’म्भिर घा’ईते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले दिनेश खवरलाई बताए। 

उनका अनुसार से ५ प २१४४ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिकाकी देवकी ठगुन्ना पनि घा’ईते भएकी छिन्। उनको धनगढीमा उपचार भईरहेको छ भने सोही मोटरसाईकलका चालक धनवहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।