मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सरकाले सवारी कर जरिबाना मिनाहा गर्ने

सुदूरपश्चिम सरकाले सवारी कर जरिबाना मिनाहा गर्ने


धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले दुई आर्थिक वर्षको सवारी कर जरिबाना मिनाहा गरेको छ।

यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै असोजभित्र सवारी कर बुझाए जरिबाना छुट दिने जानकारी दिएको छ।

यातायात व्यवस्था कार्यालय धनगढीले आव २०७५/०७६ र आव २०७६/०७७ को कर असोजभित्र बुझाए जरिबाना छुट दिने निर्णय भएको जनाएको छ।

प्रदेश सरकारको अर्थसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ अनुसार सो निर्णय भएको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहले बताए।