मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाका दशतह मध्ये साफेबगर नगरले गर्यो सबैभन्दा बढी स्वाब संकलन

जिल्लाका दशतह मध्ये साफेबगर नगरले गर्यो सबैभन्दा बढी स्वाब संकलन


सरिता खड्का, अछाम – जिल्लाको साँफेबगर नगरपालिकाले हालसम्म ८ सय २९ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरेको छ । जस मध्ये १सय ५६ जनाको रिर्पाेट पजेटिभ आएको छ भने ६ सय ४९ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

नगरपालिकाका संक्रमित १ सय ५६ मध्ये १ सय २ जनालाई भने कोरोना निको भएको छ । २४ जनाको पिसिआर रिर्पाेट आउन बाकी रहेको साँफेबगर नगरपालिका प्रमुख कुल कुलबहादुर कुवरले जानकारी दिए ।

नगरपालिकाले अन्य स्थानीय तह भन्दा बढी स्वाब संकलन गरी परिक्षण गरेकोले पनी यस पालिकामा सक्रमितको सख्या बढी देखिएको उनले बताए । चैत यता देखि क्वारेन्टाईनमा बस्नेको संख्या १७ सय ५७ रहेको थियो भने अहिले १ सय ७२ जना क्वारेन्टाइनमा रहेका उनले बताए।

संक्रमित सबैको अवस्था सामान्य रहेकोले सम्बन्धीत वडाको आईसोलेन र होम आईसोलेशनमा रहेका प्रमुख कुवरले जानकारी दिए। स्वास्थमा समस्या भए मात्र जिल्ला अस्पतालको आईसोलेशनमा राखिने पनी उनको भनाई छ।

जिल्ला स्वास्थ कार्यालयको तथाक अनुसार सबै भन्दा बढी स्वाब संकलन गरि परिक्षण गर्नेमा साँफेबगर नगरपालिका रहेको छ । दोस्रोमा मगलसेन नगरपालिकाले ६ सय २६, तेस्रोमा मेल्लेख गाउँपालिकाले ५३२, त्यसैगरी चौरपाटी गाउँपालिकाले ४२२ जनाको स्वाब संकलन गरि पठाएका छन्।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकाले २९१, बान्नीगढी जयगढ गाउँपालिकाले २१२, ढकारी गाउँपालिकाले २१०, रामारोशन गाउँपालिकाले १८७, तुर्माखाद गाउँपालिकाले १ सय ७२ र कमलबजार नगरपालिकाले १२५ जनाको हालसम्म स्वाब परिक्षण गरेका छन् ।

बुधबार जिल्लामा ४ जना सक्रमित थपिएसगै संक्रमितको संख्या ६२६ जना पुगेको छ भने ४०९ जना कोरोना निको भएर घर फर्किएका छन् ।