मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १६१० संक्रमित डिस्चार्ज हुँदा ५१ जना अस्पतालमै

सुदूरपश्चिमका १६१० संक्रमित डिस्चार्ज हुँदा ५१ जना अस्पतालमै


धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय १० कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बुधवार साँझ एक हजार ६ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार बुधवार मात्रै कैलालीका ११ र अछामका तीन गरी १४ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ८६, अछामका तीन सय १७, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ।

डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। 

यस्तै सुदूरपश्चिम प्रदेशका ५१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार तीन सय नौँ जना संक्रमित क्वारेन्टिन र घरमै रहेका छन्। मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई÷दुई जना गरी ६७ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ७८ पुगेको छ। दिनेश खबर