मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक समाज सञ्जालको बैठक आज साँफेबगरका सम्पन्न

नागरिक समाज सञ्जालको बैठक आज साँफेबगरका सम्पन्न


सरिता खड्का, अछाम

एफएमडिसिद्धारा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत गठित नागरिक समाज सञ्जालको बैठक आज साफेबगरका सम्पन्न भएको छ ।

संजालको अध्यक्ष बलबहादुर केसीको अध्यक्ष्तामा सामाजिक दुरी कायम गर्दे बसेको बैठकले साफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा शिक्षा र स्वास्थमा कोभिड १९ ले पारेको प्रभाव र अवस्थाको बारेमा अनुगन गर्ने लगायका निर्णय गरेको छ ।

स्थलगत अनुगमनका लागी समिति समेत गठन गरिएको छ । समितिमा जिल्ला समन्वय समिति सदस्य शिब तिरुवा,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुवर, रेडियो जनप्रीयका तपेन्द्र कुवर, गैरसरकारी सस्था महसंघका सहसचिब ढकेन्द्र कुवर, नागरिक समाजका मान बहादुर कुवर,नगरस्तरिय युवा सजालका अध्यक्ष पुजा बुढा, पारस्पारिक जवाफदेहिता परियोजना गणेश तिरुवा रहनु भएको छ ।

बैठकमा दलित सेवा संघका राजेन्द्र कोली,सम बिकासका पवन गीरी, दलित सजालका जानकी लुहार,महिला अधिकार मञ्चका अप्सरा कुवर,आरटि आई सजालका मनिष बिक, रेडियो स्रोता क्लबका करिश्मा दास, राष्टीय दलित पत्रकार संघ अछामका रमेश परियार, निराकरण खबरका तारामान खड्का, खप्तड न्युजका रितेश कुमार लगायतको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन पारस्पारिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक गणेश तिरुवाले गर्नु भएको थियो ।