मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १६५९ संक्रमित निको भएर घर फर्किए

सुदूरपश्चिमका १६५९ संक्रमित निको भएर घर फर्किए


धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ५९ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बिहिवार साँझ एक हजार ६ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार बिहिवार मात्रै अछामका ४५, कैलालीको टीकापुर अस्पतालबाट ८ जना र कञ्चनपुरबाट चार जना गरी ५७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ९०, अछामका तीन सय ६२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ।

डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ४९ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार दुई सय बढिको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ।

मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पताल र सेती अस्पताल तीन÷तीन तथा र डोटी अस्पतालमा दुई जना गरी ४९ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार पुगेको छ।