मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४००९ पुग्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४००९ पुग्यो


धनगढी : सुदूरपश्चिममा आज नौँ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी आज नौँ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा आज डडेल्धुरा, बझाङ र डोटीका एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा एक महिला र पाँच पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का १०, १९ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। आज नौँ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार नौँ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ४७, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७९, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९३, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७१ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित मध्ये एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।