मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष थापाले जिते कोरोना

वडाअध्यक्ष थापाले जिते कोरोना


पदमबहादुर सिंह —  बाजुरा जिल्लाका संक्रमित जनप्रतिनिधिले कोरोना जीतेका छन् । बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले २८ दिनमा कोरोना जीतेर घर फर्कीएका छन् ।

कोभिड १९ को महामरीको कारण चैत्र ११ गते लकगाउन भएदेखी भारत र अन्य जिल्लाबाट आएकाको उद्धारमा लागेका वडाअध्यक्ष थापाको असार ४ गते स्वाव संकलन गरिएको थियो ।

असार १४ गते सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि २१ दिनसम्म होम आइसोलेसनमा बसेका थापाको असार २२ गते दोस्रो पटक स्वाप संकन गरि पठाएकोमा साउन २ गते नेगेटिभ आएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए ।

२१ दिनको होम आइसोलेसन बसाइपछि कोरोना जितेर घर फर्कने क्रममा वडा अध्यक्ष थापाले कोरोना संक्रमितले न्यानो गरि बस्नु पर्ने र मनोबल उच्च राख्दा कोरोना सजिलै जित्न सकिने बताएका छन् ।

‘अरुको उद्धारको लागि क्वारेन्टाईन ब्यबस्थापनमा खटिएकै समयमा आफू संक्रमित हुन पुगे, अहिले संक्रमण मुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिएका छन् ।