मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा नयाँ स्वास्थ्य चौकीको उद्घाटन

विनायकमा नयाँ स्वास्थ्य चौकीको उद्घाटन


अछाम / स्वास्थ्य चौकी विनायकको शुक्रबार उद्घाटन गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ३ मा नव निर्मित स्वास्थ्य भवनको उप प्रमुख अम्विका चलाउनेले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन पश्चात उप प्रमुख चलाउनेले वडा नम्वर ३ का सबै नागरिकको सहजताका लागी स्वास्थ्य चौकी निकै आवश्यकता रहेको र अब नजिकैबाट स्वास्थ्य सेवा पाउने सम्पुर्ण वडाबासीलाई बधाई दिएका छन् । नगरपालिकामा मुटुको रुपपमा हेरिएको वडा नम्वर ३ मा स्वास्थ्य चौकी मात्रै नभएर, नमुना बिद्यालय,क्याम्पस लगायतका अन्य सरकारी तथा गयरसरकारी संघ सस्थाहरु यस वडामा भएकाले वडा नम्वर ३ का सबै नागरिकहरुले भाज्ञमानी ठान्नु पर्ने उनको भनाई छ ।

स्वास्थ्य सेवा पाउनबाट नगरपालिकाबाट हुने सबै सहयोग र सेवा उपलब्ध गराउन नगरपालिका संधै तत्पर रहेको र कोहि पनि स्वास्थ्य सेवा पाउन बाट बन्चित नहुने उनले प्रतिबद्धता जनाए । उद्घाटन कार्यक्रमको प्रमुख अथितीको रुपमा बोल्दै चलाउनेले नागरिकको स्वास्थ्य सेवाका लागी रात दिन नभनेरै भए पनि सेवा दिन स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई सुझाव दिनु भएको छ ।

वडा नम्वर २ को विनायक स्वास्थ्य चौकीबाट सेवा लिइरहेका वडा नम्वर ३ का नागरिक आफ्नै वडामा स्वास्थ्यचौकी बन्दा खुसी भएका छन ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष शुरेन्द्र कुमार शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अन्य अथितीहरु पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीकान्त बजगाईँ, वडा नम्वर ४ का वडा अध्यक्ष सज्जन बहादुर शाही, नेकपा प्रदेश कमिटी सदस्य नन्द सिँह कडायत, नेपाली कांग्रेस पञ्चदेवल नगर सभापती खेमराज अधिकारी, वडा नम्वर २ का स्वस्थ्यचौकी इन्चार्ज पदम राज तिमिल्सैना, इलाका वन कार्यालय बिनायकका प्रमुख चन्द्रकान्त उपाध्याय लगायत समाजसेवी, वुद्धिजिवी, राजनितिज्ञ, प्रहरी, पत्रकारहरुको सहभागीता रहेको थियो ।

वडा नम्वर ३ का वडा सदस्य उजिर सिँह रोकायले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्यकर्मी मंगल शाहीले गर्नु भएको थियो ।