मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १४ जना कोरोना संक्रमित थपिए

अछाममा १४ जना कोरोना संक्रमित थपिए


अछाम – जिल्लामा एकै दिन १४ जना कोरोना संक्रमित थपिएका छन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगसालामा गरिएको परिक्षणमा अछामको पञ्चदेवल विनायक नगरपालिकामा १३ पुरुष र एक महिला गरि १४ जना संक्रमित थपिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर १ कुइकाका १ जना, वडा नम्वर २ विनायकका ३ जना, वडा नम्वर ३ विनायकका १ जना, वडा नम्वर ६ तोलीका ९ जना सहित नगरभरी आइतबार १४ जना थपिएका स्वास्थ्य सेवा साखा संयोजक लक्ष्मिकान्त बजगाईँले जानकारी दिए ।

उनका अनुसार पञ्चदेवल विनायक नगरपालिकामा जम्मा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ।