मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण विनायक बजार जोखिममा

पहिरोका कारण विनायक बजार जोखिममा


अछाम – पहिरोका कारण विनायक बजार जोखिममा रहेको छ । सोमबारबाट परेको अविरल बर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रबिन्दु विनायक बजारनै उच्च जोखिममा रहेको हो ।

न्यु रोड स्थित वडा नम्वर ३ विनायकका हृदय राज अधिकारीको घरको पछाडीबाट पहिरो बग्न थालेपछि अन्य पसल तथा घरहरु उच्च जोखिममा रहेका हुन । बजारका अन्य ठाउँमा पनि निरन्तरको बर्षाले जोखिम निम्त्याएको छ ।

बजारबाट मध्यपहाडी राजमार्गसम्म जोडिएको सडक खण्डमा ठुलो पहिरोका कारण आवत जावतमा समेत सास्ती हुने गरेको स्थानियले बताएका छन । यस्तै पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय अगाडीबाटनै ठुलो पहिरो जाँदा नगरपालिकाको कार्यालय,इलाका बन कार्यालय र आसपासका घर तथा पसलहरु उच्च जोखिममा छन ।

नगरपालिकाको मुख्य गेटबाटनै पहिरो गएको महिना दिन बितिसक्दा समेत समन्धित निकायको ध्यान केन्द्रित हुन सकेको छैन । विनायक बजारका ठाउँ ठाउँमा गएको पहिरोले स्थानियबासी तथा बजारबासीहरु त्रसित भएर रात बिताउन बाध्य भइरहेका छन ।

सोमबारबाट निरन्तर परिरहेको अविरल बर्षाले अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन । असारे बजेको चटारोमा हतार हतार निर्माण तथा मर्मत भएका अन्य बिकासे योजनाहरु बेकाम्मे भएका छन ।

यता नगर प्रमुख देवराज देवकोटाले भने नगरपालिकाको विपत ब्यावस्थापन कोषको बजेटले जोखिम न्युनिकरण गर्न नसकिने भएकाले केन्द्र सरकार र संघिय सरकारसंग समन्वय गर्ने बताए । उनका अनुसार मध्यपहाडी राजमार्गले बढि जोखिम निम्त्याएकाले मध्यपहाडी सडक निर्माण ब्यावसायीसंग पनि पहल गरिने र जोखिम न्युनिकरणका लागी तत्कालै नगरपालिकाले केहि ब्यावस्थापन गर्ने भएको छ ।

उता वडा नम्वर १ कुइकाको अम्मरसेनमा पनि पहिरोले स्थानिय बिसाखर तिमिल्सेनाको घर भत्किएको छ । अविरल बर्षाका कारण घर भत्किए पनि मानविय क्षेती भने नभएको रघुनाथ तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार अम्मरसेनका प्रेम रिमालको घर पनि भत्किएको छ ।