मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा सलह किरा देखियो

विनायकमा सलह किरा देखियो


अछाम- जिल्लाको विनायकमा सलह किरा देखिएको छ ।

बुधबार आज साढे ५ बजे तिर वडा नम्वर ६ तोली हुँदै विनायक बजारको आकासमा ठुलो झुण्डमा सलह किरा देखिएको हो ।

पाक्न लागेको अन्नबाली सबै नष्ट गर्ने सलह विनायकमा देखिएपछि किसान चिन्तित बनेका छन । अहिले बिभिन्न बाजा गाजा, थाल ठटाउँदै स्थानियबासी सलह किरा धपाउने प्रयास गरिरहेका छन ।

केहि दिन अघि मात्रै कमलबजारको कुइकामा देखा परेको सलह विनायक प्रवेश गरेसंगै कृषी क्षेत्रमा पुर्याएको क्षतीको विवरण आउन बाँकीनै रहहेको छ ।