मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्वी अछाममको धार्मीक मेला मष्टामाण्डौ नहुने

पुर्वी अछाममको धार्मीक मेला मष्टामाण्डौ नहुने


अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका धार्मीक पर्व तथा मेला यस बर्ष नहुने भएका छन ।

परम्परागत रुपमा हरेक बर्ष सञ्चालन हुने मेला पर्व यस बर्ष विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण थप जोखिम बढ्न सक्ने भएकाले नहुने भएका हुन ।

पञ्चदेवल विनायक नगर कार्यपालिकाले श्रावण १४ गरेको निर्णय अनुसार यही मिति २०७७ श्रावण १८ गते हुने विनायकको मष्टामाण्डौ,बारलाको कुइकालेदेवी र १९ गते हुने विनायकको बाल्देमाण्डौमा मेला पर्व नहुने भएको हो ।

उक्त क्षेत्रमा सामाजिक दुरी कायम नहुने भएका कारण थप जोखिम बढ्न सक्ने भएकाले मेला पर्व नगर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगर कार्यपालिकाको निर्णयलाई अटेरी गरि कार्यान्वयन नगर्ने जोसुकैलाई पनि कानुनी कार्वाही गरिने नगरपालिकाले जानकारी दिएको छ ।