मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संञ्चारकर्मि बिसिका लागि स्वास्थ्यकर्मिले उठाए एकैदिन ६२ हजार बढि रकम

संञ्चारकर्मि बिसिका लागि स्वास्थ्यकर्मिले उठाए एकैदिन ६२ हजार बढि रकम


अछाम – संचारकर्मी धुब्र बिसीको उपचारमा सहयोगार्थ थालिएको अभियानमा आर्थिक रकम सँकलन कार्य सुरु भएको छ ।

दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ बीसीको सहयोगका लागि आर्थिक अभाब भएपछि पत्रकार महासँघ अछामले आर्थिक सँकलन गर्ने अभियान सुरु गर्ने निर्णय गरेसँगै ब्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने अभियान सुरु भएको हो ।

पहिलो दिन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र कमलबजार नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मि तथा कर्मचारीबाट ६२ हजार १ सय रुपैयाँ सँकलन भएको बताईएको छ ।

सँकलीत रकम संञ्चारकर्मि बिसिको खातामा आजै जम्मा गरिसकिएको र अन्य स्थानिय तहका स्वास्थ्य कर्मि तथा कर्मचारीसँग सहयोगका लागि आग्रह गर्ने कार्य जारी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताए ।

यसैगरि रामारोशन गाउपालिका वडा नम्बर ७ सुतार घरभई हाल अमेरिका रहनु भएको डम्बर भण्डारीले १० हजार, मंगलसेन नगरपालिका वडा नम्बर ७ बस्ने ईनिस्पेक्टर जनक राज ढुगाना, वडा नम्बर १४ कालागाउ निवासि सुरेन्द्र सोडारी र बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ४ तिमिल्सैन निवासि पत्रकार जनक तिमिल्सैनाले पाँच÷पाँच रकम सहयोग गर्नु भएको छ ।