मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलसेन बजार सरसफाई सहीत बृक्षरोपण

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलसेन बजार सरसफाई सहीत बृक्षरोपण


अछाम

अन्तर्राष्ट्रिय युवा दिवस २०७७ मँगलसेनमा भब्यतामा साथ मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम मगलसेन बजारमा सरसफाइ सहित शोडषा माध्यामिक विदयालयमा बृक्षरोपण गरिएको छ ।

सरसफाई तथा बृक्षारोपण कार्यक्रम पछिको औपचारिक कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले युवाहरु शृजनशिल र गतिशिल हुनुपर्ने बताए । युवाले गर्ने हरेक रचनात्मक र सकारात्मक कार्यमा मंगलसेन नगरपालिका र आफ्नो तर्फबाट सहयोग रहने नगर प्रमुख बोहराले बताए ।

समाज परिवर्तनको जिम्मा युवाको हातमा रहेकाले हरेकले सकारात्म कुरालाई जोड् दिदै अघि बढनु पर्ने बताए । कार्यक्रममा नेकपाका मंगलसेन नगरपालिका ईञ्चार्ज चन्द्र बोहरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष नर बहादुर रावल, जिल्ला युवा संजालका अध्यक्ष होम साउद, युवा अगुवा बम बहादुर स्वार लगायतले बोलेका थिए ।

नगर स्तरीय युवा संजालका अध्यक्ष राकेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष पदम भाट, नगरको योजना शाखा प्रमुख खकेन्द्र सोडारि, प्रहरी चौकि ईञ्चार्ज धनविर सिंह धामी लगायतका अतिथि रहनु भएको थियो । कमल थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जगत भण्डारीले गर्नु भएको थियो ।