मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो घर बगाउँदा दुई जनाको मृत्यु,एक जना बेपत्ता

पहिरो घर बगाउँदा दुई जनाको मृत्यु,एक जना बेपत्ता


दैलेख – जिल्लाको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ। पहिरोले घर बगाउँदा  एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र  ६ जना घाइते भएका छन्।  

मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन्। मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र  दाजु १५ वर्षीय शम्शेर  घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताए। उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौंँ। एक जनाको अवस्था सिकिस्त छ। अन्यको अवस्था सामान्य रहेको छ।” 

बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन्। पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन्।

त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए। कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र  मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ। – रासस