मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो, स्थानीय आन्दोलित

दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो, स्थानीय आन्दोलित


दैलेख – अत्यधिक रक्तस्राव हुँदा दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।रक्तस्राव नरोकिएपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेका मृतकका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो । शिशुको अवस्था भने सामान्य छ ।प्राथमिक स्वास्थ्य केन्द्रले राम्रो उपचार गर्न नसकेको कारण सुत्केरीको ज्यान गएको भन्दै स्थानीयले ठाँटीकाँध गाउँपालिका र स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । गएको माघमा मजदुरी गर्न भारत जानुभएका मृतक पार्वतीका पति कर्णबहादुर शाही लकडाउनका कारण अहिले भारतको हिमाञ्चल प्रदेश मनालीमा रोकिनुभएको छ ।