मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ शिक्षक सँगठनले गरे रामारोशनका बाढी पिडितका लागि ७० हजार सहयोग

२ शिक्षक सँगठनले गरे रामारोशनका बाढी पिडितका लागि ७० हजार सहयोग


अछाम – नेपाल राष्ट्रिय शिक्षक सँगठन र ऐकिकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समिती अछामले रामारोशन गाउपालिकाका बाढी पिडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

भदौ २ गते रातिको कैलाशमा आएको बाढिमा ज्यान गुमाएका ८ परिवारका आफन्त तथा गाउपालिका र पार्टिले स्थापना गरेको राहत कोषमा दुबै सँगठनले एकमुष्ठ आर्थिक सहयोग गरेका हुन ।

संगठनका प्रदेश तथा जिल्ला पदाधिकारीको टोलि रामारोशन गाउपालिकाको मुजाबगरमै पुगेर ज्यान गुमाएका ८ परिवारका आफन्तलाई ५०, रामारोशन गाउपालिकाको राहत कोषमा १० हजार र नेपाल कम्युनिष्ट पार्टि रामारोशन संगठन कमिटीले स्थापना गरेको राहत कोषमा १० हजार जम्मा गरिएको बताईएको छ ।

रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदको उपस्थितीमा भएको हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सँगठन सुदुरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर रावल, ऐकिकृत अखिल नेपाल शिक्षक सँगठनका प्रदेश सचिव मनोज रावल, प्रदेश सदस्य लोकराज न्यौपाने, शिक्षक संगठन जिल्ला अध्यक्ष जानकी बोहरा, सचिव सर्पराज रिमाल, कोषाध्यक्ष कृष्ण बिक, ऐकिकृत अखिल नेपाल शिक्षक सँगठनक जिल्ला अध्यक्ष कुल बहादुर भण्डारी लगाएतको सहभागिता रहेको थियो ।