मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यावश्यक सेवाका लागि खुकुलो पार्दै मंगलसेनमा फेरि एक हप्ताका लागी शिल

अत्यावश्यक सेवाका लागि खुकुलो पार्दै मंगलसेनमा फेरि एक हप्ताका लागी शिल


अछाम।

बजार क्षेत्र, यातायात, बैँक लगाएतका क्षेत्र खोल्ने निश्चित समय तोक्दै मंगलसेन नगरपालिकामा बन्दाबन्दीको समय एक हप्ताका लागि थप गरिएको छ । यसअघि पहिलो चरण भदौ ९ गतेदेखि १६ गतेसम्म, दोस्रो चरण १६ गतेदेखि भदौ २२ गते राति १२ बजेसम्मका लागि बन्दाबन्दी गरिएको थियो ।

एक हप्ताका लागि थप बन्दाबन्दी गरिएको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदै नगरपालिकाले नगर क्षेत्र भित्र दिनदिनै कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढदै गएकाले सुरक्षा अपनाउन समेत आग्रह गरेको छ ।

नगरप्रमुख पदम बहादुर बोहराद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बन्दाबन्दीलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्नमा पुर्ण सहयोग गर्नु हुने राजनितिकदल, जनप्रतिनीधी, ब्यापारी, ब्याबसायि, संचारकर्मि, सुरक्षाकर्मि, सामाजिक संघ संस्था, समाजसेवि, बुद्धिजिवी एंव आम नगरबासि महानुभावलाई नगरप्रमुख पदम बहादुर बोहराले प्रेस बिज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गरिएको छ ।

आगामी एक हप्ताको लागि गरिएको बन्दाबन्दीलाई पुर्ण रुपमा कार्यान्वय गरेर सहयोग गरिदिन सबैलाई प्रमुख बोहराले आग्रह गर्नु भएको छ । साथै मंगलसेन, ठुलासेन बजार सहित स्थानिय बजारका पसल बिहान १० बजेसम्म र कृषि तथा पशु उपज सँकलन एंव बिक्री वितरण केन्द्र हाटबजार प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ सम्म खोलिने भएका छन । भदौ २३ गतेदेखि लागु हुने गरि भदौ २९ गते राति १२ बजेसम्मका लागि सेवा प्रवाह तथा आपुर्ति ब्याबस्था सम्बन्धी केहि निश्चित मापदण्ड तोकेर नगरपालिका थप ७ दिनका लागि बन्दाबन्दी गरिएको गरिएको नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए।

यातायातका साधन आकस्मिक कार्य र खाद्यान्न सामाग्री ढुवानिका लागि जुन सुकै समयमा पनी, मंगलसेन नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालय अत्यावश्यक सेवा प्रवाह स्वास्थ्य, सरसफाई र विपद ब्याबस्थापनका लागि मात्रत्र खोलिने अधिकृत सोडारीले बताए ।

त्यसैगरि राष्ट्रिय वाणिज्य र नेपाल ईन्भेष्टमेन्ट बैँक लिमिटेड भदौ २४ गते बिहान १० बजेदेखि १ बजेसम्म, कृषि बिकास र ग्लोबल आई.एम.ई. बैँक भदौ २५ र २६ गते बिहान १० बजेदेखि १ बजेसम्म, महालक्ष्मी बिकास बैँक भदौ २९ गते बिहान बिहान १० बजेदेखि १ बजेसम्म र सम्पुर्ण लघुबित्त बित्तीय तथा सहकारी संस्थाहरु भदौ २४ गतेदेखि २९ गतेसम्म बिहान १० बजेदेखि १ बजेसम्म खोल्ने सुचना जारी गर्दै सबैलाई निर्देशन गरिएको उनको भनाइ छ ।