मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट दुई दिनमै पञ्चदेवल नगरपालिकामा यती धेरै भित्रिए

भारतबाट दुई दिनमै पञ्चदेवल नगरपालिकामा यती धेरै भित्रिए


अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा भारतबाट संयौको संख्यामा मानिसहरु भित्रिएका छन । मंगलबार र बुधबार मात्रै करिव १ सय ४५ जना नगरपालिका भित्रिएसंगै जिल्ला प्रवेश गर्नेको संख्या बढेको हो ।

दशै तिहार नजिकिए संगै तथा खेतीपाती गर्ने सिजन आएकाले यतीखेर भारतबाट नेपाल भित्रिनेको संख्या बढेको छ ।

रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा गएका मानिसहरु कोरोनाको कहरले जिल्ला तथा नगरमा भित्रिन थालेपछि माहामारीको जोखि झन बढेको छ ।

पञ्चदेवल क्याम्पसलाई क्वारेण्ठिटनको रुपमा नगरपालिकाले स्थापना गरेको क्वारेण्टिनमा बुधबार सम्म नगर भित्रिएका सबै मानिसहरुलाई ब्यावस्थापन सहित राखिएको हो ।

हिँजो र आज गरि जम्मा करिब १ सय ४५ जना भित्रिएको र नगर प्रवेश गर्नेको संख्या अँझै बढ्ने क्वारेण्टिनमा सुरक्षार्थ खटिएका विनायक प्रहरीका प्रहरी हवल्दार लाल सिंह महराले जानकारी दिए ।

क्वारेण्टिनमा धेरै मानिसहरु एकै चोटि आए संगै आफु लगायत ४ जनाको प्रहरी टोली रातदिन नभनेरै ब्यावस्थापनमा खटिएको उनले बताए ।

कोरोनाको जोखिम समुदाय स्तर सम्म फैलिन नदिन नगरपालिका उचित ब्यावस्थापनमा जुटेको नगरपालिकाका संकट ब्यावस्थापन साखा प्रमुख भरतराज अधिकारीले जानकारी दिए ।

नगर भित्र धेरै ब्याक्तीहरु एकै चोटी प्रवेश गरे संगै उचित ब्यावस्थापनमा केहि चुनौती आउने भएकाले सकि नसकि भए पनि नगरपालिकाले ब्यावस्थापन गर्ने उनको भनाई छ ।