मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरीले ३ सय लिटर घरेलु मदिरा बरामद गर्यो

विनायक प्रहरीले ३ सय लिटर घरेलु मदिरा बरामद गर्यो


अछाम – पछिल्लो समय विनायक प्रहरी घरेलु मदिरा बरामद गर्न सकृय बनेको छ । पछिल्लो दुइ दिनको अवधीमा ३ सय लिटर घरेलु मदिरा बरामद गरिएको हो ।

रामारोशन गाउँपालिकाबाट पञ्चदेवल विनायक नगरपालिका ल्याउँदै गरेको अवैध घरेलु मदिरा इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको गस्ति टोलीले मंगलबार र बिहिबार विनायकका बिभिन्न ठाउँबाट बरामद गरेको विनायक प्रहरीले जानकारी दिएको छ ।

वडा नम्वर १ कुइक लिदै गरेको २ सय ५० लिटर र नगरपालिकाको केन्दविन्दुमा रहेको विनायक बजारमा ल्याउँदै गरेको ५० लिटर अवैद मदिरा विनायक बजार नजिकैबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

विनायक प्रहरीका अनुसार उक्क्त अवैध घरेलु मदिरा ओसार पसारमा संगलग्नलाई जरिवाना र कार्वाही सहित छोडिएको छ ।

बरामद गरिएको घरेलु मदिरा आज सरोकारवाला ब्याक्तीहरुको रोहबरमा नष्ट गरिएको विनायक प्रहरीले जानकारी दिएको छ ।